Logo
Logo

देउवाले गगन र विश्वलाई भेटेका छैनन् : सचिवालय


2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरेको भनेर गरिएको प्रचार गलत भएको देउवाको सचिवालयले जनाएको छ ।

देउवाका स्वकीय सचिव भानु देउवाले सूचना जारी गरेर विशेष महाधिवेशनले कांग्रेसको नयाँ कार्यसमिति चयन गरेयता देउवा, गगन र विश्वबीच भेटघाट नभएको जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूसँग पूर्वमहामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर केही सञ्चारमाध्यमहरूमा समाचार आएको देखिएको तर हालसालै उहाँहरूसँग सभापतिज्यूको भेटघाट नभएको जानकारी गराइन्छ ।’

गएको पुस २७ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । उक्त समितिलाई निवार्चन आयोगले गत शुक्रबार आधिकारिक पार्टीको मान्यता दिइसकेको छ । तर पनि देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै अदालत जाने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्