
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध थाइल्यान्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
१० देश सहभागी प्रतियोगिताको शीर्ष ४ मा पर्ने टोलीले आगामी जुन–जुलाईमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् । प्रतियोगितामा आयोजक नेपाल समूह ‘बी’मा छ । यो समूहमा नेपालसहित स्कटल्याण्ड, थाइल्यान्ड, जिम्बाब्बे र नेदरल्यान्डस् छन् ।
समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड पिएनजी, नामिबिया र अमेरिका छन् । दुवै समूहबाट शीर्ष–३ मा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष–४ मा रहने टोलीले विश्वकपमा स्थान पक्का गर्नेछ ।











