
काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । डा.कोइरालाले पछिल्लो परिस्थितिबारे छलफल गर्न दिउँसो १ बजे अनुपम फुडल्याण्डमा बैठक बोलाएका हुन् ।
बैठकमा विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिले वैधता पाएपछि उत्पन्न परिस्थितिबारे विमर्श गर्ने बताइएको छ ।
संस्थापन र गगन समूहबीच विवाद हुँदा कोइराला शेरबहादुर देउवा समूहमा उभिएका थिए । निर्वाचन आयोगले थापालाई आधिकारिकता दिएपछि आगामी रणनीतिबारे सबैसँग राय लिन छलफल बोलाएको स्रोतले जानकारी दियो ।











