Logo
Logo

क्यान्सर अस्पतालका चालिसेविरुद्ध अर्को उजुरी


2k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेका बेला भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्ज्वल चालिसेविरुद्द प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । भक्तपुर क्यान्सर अस्पताल डुब्ने अवस्थामा पुगिसकेको छ सप्लायरहरूको २५ करोड बाँकी रहेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको हो । जेनजी सरकार बनेको बेला सुशासनमाथि प्रश्न उठेको भन्दै कर्मचारी र चिकित्सकहरुको तर्फबाट प्रधानमन्त्री कार्यालयमा उजुरी परेको हो ।

निर्देशक चालिसेका कारण कर्मचारीहरूले दुई महिना भइसकेको तलब पाएका छैनन । चालिसेले अनाधिकृत रुपमा रकम निकासा गराउन खोजेपछि नेपाल सरकारबाट खटाएका कर्मचारी लेखा अधिकृतहरू कोही बस्न नमान्दा तलब रोकिएको हो ।

‘एक महिना २० दिनमै सरुवा मागेर हिँडिहाल्छन्, खरिद प्रक्रियामा अनि कर्मचारी भर्तीमा अनावश्यक दबाब दिएका कारण बस्न मान्दैनन्’, अस्पताल स्रोतले दृष्टिलाई भन्यो । गत बुधबार राखिएको बोर्ड बैठकमा जुनियर डाक्टरलाई बढुवा गर्न खोजेपछि विरोध भएको थियो । त्यसपछि अहिले रोकिएको छ ।

खरिद प्रक्रियामा केही पनि नियमसम्मत गरिएको गरिएको छैन कर्मचारी पनि जथाभावी भर्ती गरेर अख्तियारमा उजुरी परेर अख्तियारले छानबिन गरिरहेको छ । ‘अख्तियारमा दुई पटक बयान दिइसकेका चालिसेले लेखा अधिकृतलाई अनावश्यक दबाब दिने गरेका छन्’, स्रोतले भन्यो । अहिले अस्पतालका वित्तीय प्रमुखले आफ्नो श्रीमतीलाई लेखा अधिकृत बनाएर राखेका छन् ।

अस्पताल स्रोतका अनुसार पूर्व स्वस्थ्यमन्त्री प्रदीप पौडेलको निर्दैशनमा जुनियर डाक्टरहरूलाई पनि आफ्नो अनुकूलमा बढुवाका लागि सिफारिस गरिएको छ । ‘यति धेरै व्यथिति छ कि स्वास्थ्य मन्त्रालय मौन बसेपछि उनी विरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी गरिएको हो’, स्रोतले भन्यो ।

र यति भ्रष्टाचार हुँदा पनि सम्बन्धित निकायहरू मौन देखेर स्थानीय कर्मचारी स्थानीयबासीहरु चिन्तित व्यक्त गरेका छन् । एक स्थानीय कर्मचारीका अनुसार अब पनि यस्तो व्यथिति नरोके स्थानीय कर्मचारी स्थानीय व्यक्तिहरूले आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएका छन् । डक्टर चालिसेले निर्देशक हुँदाखेरि मोटो रकम बुझाएको भनेर प्रधानमन्त्री कार्यालयमा पनि उजुरी हालिएको छ ।

साथै उनको अनुभवको प्रमाण पत्र पनि झूठो रहेको सो उजुरीमा उल्लेख छ । ‘उहाँले नियुक्तिका बेला पेश गरेको अनुभवको प्रमाण र विवरण झूठो रहेको छ’, स्रोतले भन्यो । नियम विपरीत नौ तहकोलाई कुनै प्रतिस्पर्धा नै नगराई निर्देशकमा नियुक्ति गरिएको थियो । नेपाल सरकारको नियमअनुसार ५८ वर्ष पुगिसकेका डक्टर प्रशासन कर्मचारीहरूलाई भित्रभित्रै उमेर हद बढाउने चलखेल गरिरहेका छन् ।

डाक्टर चालिसे कहिले एमाले हुने कहिले कांग्रेस हुने रोगबाट पनि ग्रसित रहेका छन् । एमालेको सरकार भएको बेला एमालेका नेताहरुसँग भेटघाट गर्दै आफू पनि एमाले नै भएको दावी गर्थे । पछि प्रदीप पौडेल स्वास्थ्यमन्त्री भएपछि सहपाठी भएको भन्दै कांग्रेसजनहरुको आदेश काम गर्न थाले । अख्तियारले बयान लिन थालेपछि भने उनी अहिले एमाले कांग्रेस नेताहरूकोमा धाएर अख्तियार मिलाइदिनुप¥यो भनिरहेका छन् । अख्तियारमा स्वास्थ्य हेर्ने आयुक्तलाई भेट गराइदिनुप¥यो भन्दै उनीहरुसँग हारगुहार गरिरहेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्