Logo
Logo

मोदीको सन्देष बोकेर भारतका गुप्तचर प्रमुख नेपालमा, उच्च नेतालाई भेट्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । भारतको गुप्तचर निकाय ‘रअ’ (रिसर्च एण्ड एनलाइसिस विंग)का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् । बुधबार दिउसो चार्टर्ड विमानमा आइपुगेका हुन् । गोप्य राजनीतिक भेटघाट गरेर उनी आजै स्वदेश फर्कने योजना छ ।


स्रोतका अनुसार पछिल्लो वर्ष बढेको नेपाल–भारत विवादको हल गर्न उनको गोप्य भ्रमण केन्द्रीत छ । भारतका सेनाध्यक्ष एमएम नरावणे नेपाल भ्रमणमा आउनुअघि अर्को सुरक्षा संस्थाका प्रमुख गोयलको नेपाल भ्रमणको मुख्य एजेन्डा के छ भन्ने सार्वजनिक गरिएको छैन । उनको भ्रमणबारे जानकारी नभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

स्रोतका अनुसार उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देष लिएर आएका हुन् । भारतले नेपालको भूमिमा सडक बनाएपनि दुई देशबीच विवाद चर्केको छ । जसले दुई देशबीच तिक्तता बढ्दै गएको छ । भारतसँग तिक्तता बढ्दा चीनसँग निकटता बढ्न सक्ने भएकाले भारतले विवादलाई समाधान गर्न चाहेको छ ।

प्रतिक्रिया दिनुहोस्