Logo
Logo

नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा श्रीलङ्का ए सँग पराजित


567
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलङ्का ए सँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

मङ्गलवार सम्पन्न अभ्यास खेलमा श्रीलङ्का ए ले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १८६ रनको लक्ष्य पछाएको श्रीलङ्का ए ले १८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

नेपालले श्रीलङ्कामा अब जनवरी २२ र जनवरी २४ मा अभ्यास खेल खेल्ने तालिका छ । 

त्यसपछि नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्