Logo
Logo

स्वास्थ्य सेवा विभागकी पूर्व महानिर्देशक मिश्रासँग ५ लाख धरौटी माग


315
Shares

काठमाडौँ । स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा.संगिता कौशल मिश्रासँग अदालतले ५ लाख धरौटी माग गरेको छ।

विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो।

स्वास्थ्य सेवा विभागमा महानिर्देशक हुँदा उनले भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो।

मिश्रा समेतले एकै व्यक्ति संस्थापक रहेको कम्पनीहरूबाट दररेट माग गरेको र अस्वभाविक लागत अनुमान तयार गरी स्वीकृत गराएको, सम्पूर्ण सामान आयात नहुँदा समेत म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिबाट प्राप्त भएको भनि गलत प्रतिवेदन दिई सबै सामान प्राप्त नहुँदै सबै रकम भुक्तानी दिएको पाइएको थियो।

१३ करोड ३७ लाख ८३ हजार भुक्तानी गरेको र पूर्वनिर्धारित क्षतिपूर्ति बापत हानीनोक्सानी भएको रकम ६९ लाख २ हजार ५०० रुपैयाँ समेत हानी नोक्सानी गराएको अख्तियारको आरोप छ।

मिश्राले भने खरिद प्रक्रियाबारे जानकारी नभएको बयान दिएकी थिइन्। उनले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै अदालतमा बयान दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्