Logo
Logo

निर्वाचन: गगन सभापति बनेपछि क-कसले पाए मौका? (सुचीसहित)


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा यसपटक उल्लेख्य संख्यामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ ।

The current image has no alternative text. The file name is: gagan-5.jpg

अघिल्ला निर्वाचनमा बारम्बार टिकट पाउँदै आएका धेरै नेताहरू यसपटक प्रतिस्पर्धाबाट बाहिरिएका छन् भने पार्टीले नयाँ नेतृत्व र पुस्तान्तरणलाई प्राथमिकता दिएको देखिन्छ ।

२०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटक उम्मेदवार बन्न पाएनन् । त्यस्तै, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि चुनावी प्रतिस्पर्धामा छैनन्। देउवा पक्षका नेता प्रकाशमान सिंह, रमेश लेखक, मोहन बस्नेत, रामहरि खतिवडा, दीपक खड्का, दुर्लभ थापा लगायतले पनि यसपटक टिकट पाएनन्, जबकि अघिल्लो निर्वाचनमा उनीहरू निर्वाचित भएका थिए ।

तर देउवा पक्षमै रहेर पनि अनियमिततामा प्रश्न नउठेका नेताहरूलाई सभापति गगन थापाले प्राथमिकतामा राखेको देखिन्छ। विमलेन्द्र निधि, प्रकाशशरण महत जस्ता नेताले टिकट पाएका छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसका उम्मेदवारमध्ये ६६ प्रतिशत नयाँ अनुहार छन् ।

कोशी प्रदेश
ताप्लेजुङ – गजेन्द्रप्रसाद तुम्याङ लिम्बु
पाँचथर – नरेन्द्रकुमार केरुङ
इलाम–१ – निस्कल राई
झापा–१ – केशवराज पाण्डे
झापा–३ – राजेन्द्र घिमिरे
झापा–५ – मन्धरा चिमरिया
मोरङ–१ – खड्गबहादुर फागो
मोरङ–४ – गुरुराज घिमिरे
मोरङ–५ – फूलकुमार लालबानी
सुनसरी–१ – सुजेन्द्र तामाङ
धनकुटा – दिनेश राई
तेह्रथुम – सन्तोष सुब्बा
संखुवासभा – दिपन श्रेष्ठ
ओखलढुंगा – कुमार लुइँटेल
खोटाङ – वीरकाजी राई
उदयपुर–१ – विदुर बस्नेत
उदयपुर–२ – रामकुमार राई
सोलुखुम्बु – प्रकाश कार्की

मधेश प्रदेश
सप्तरी–१ – रामदेव साह
सप्तरी–२ – रामकुमार यादव
सिरहा–१ – रामसुन्दर चौधरी
सिरहा–३ – सुभाषचन्द्र यादव
सिरहा–४ – चन्द्रकलाकुमारी यादव
धनुषा–१ – रामपल्टन साह
धनुषा–२ – दिनेश पर्सेला
महोत्तरी–१ – मुकेशराज काफ्ले
महोत्तरी–३ – बजरंग नेपाली
सर्लाही–२ – डा। सरोज यादव
सर्लाही–३ – विनोद खनाल
रौतहट–३ – रामकृपाल यादव
बारा–२ – भैयाराम चौधरी
बारा–४ – श्यामबाबु गुप्ता

बागमती प्रदेश
काभ्रेपलाञ्चोक – मधु आचार्य
दोलखा – अजयबाबु शिवाकोटी
रामेछाप – रामचन्द्र खड्का
काभ्रे–१ – गुणराज मोक्तान
सिन्धुपाल्चोक–१ – जंगबहादुर लामा
सिन्धुपाल्चोक–२ – वंशलाल तामाङ
धादिङ–१ – कृष्ण रिजाल
धादिङ–२ – रमेशप्रसाद धमला
मकवानपुर–२ – बुद्ध लामा
भक्तपुर–१ – किरण न्यौपाने
भक्तपुर–२ – कबिर राणा
काठमाडौं–१ – प्रबल थापा
काठमाडौं–२ – कबिर शर्मा
काठमाडौं–३ – रमेश अर्याल
काठमाडौं–४ – सचिन तिमल्सिना
काठमाडौं–६ – कृष्ण सबुज बानियाँ
काठमाडौं–७ – प्रमोदहरि गुरागाईं
काठमाडौं–९ – नानु बस्तोला
काठमाडौं–१० – हिमाल कार्की
चितवन–२ – मीनाकुमारी खरेल
चितवन–३ – टेकप्रसाद गुरुङ
ललितपुर–२ – प्रेमकृष्ण महर्जन
ललितपुर–३ – जितेन्द्रकुमार श्रेष्ठ

गण्डकी प्रदेश
गोरखा–१ – प्रेमकुमार खत्री
गोरखा–२ – प्रकाशचन्द्र दवाडी
लमजुङ – गमप्रसाद गुरुङ
कास्की–१ – तिलकबहादुर रानाभाट
कास्की–२ – माधवप्रसाद बास्तोला
कास्की–३ – मनोज गुरुङ
स्याङ्जा–१ – भरतराज ढकाल
स्याङ्जा–२ – भागवतप्रकाश मल्ल
म्याग्दी – कर्णबहादुर भण्डारी
बाग्लुङ–१ – भीमबहादुर श्रीस
बाग्लुङ–२ – टेकराज पौडेल
नवलपुर–१ – गजेन्द्र आले
नवलपुर–२ – ओमबहादुर घर्ती

लुम्बिनी प्रदेश
रुपन्देही–१ – हिराबहादुर खत्री
रुपन्देही–२ – चुन्नप्रसाद शर्मा
रुपन्देही–३ – सुशील गुरुङ
रुपन्देही–४ – आशुतोष मिश्र
पाल्पा–१ – सन्दीप राना
पाल्पा–२ – हिमालदत्त श्रेष्ठ
गुल्मी–२ – भुवनप्रसाद श्रेष्ठ
अर्घाखाँची – विष्णुप्रसाद खनाल
रोल्पा – डा। सुदनकुमार वली
दाङ–२ – किरणकिशोर घिमिरे
बाँके–१ – नारायणप्रसाद गौडेल
बाँके–२ – सुधान्शु कोइराला

कर्णाली प्रदेश
सुर्खेत–१ – विष्णुबहादुर खड्का
सुर्खेत–२ – नारायण कोइराला
दैलेख–१ – बासना थापा
जाजरकोट – खड्कबहादुर बुढा
सल्यान – केशबहादुर विष्ट
डोल्पा – कर्णबहादुर बुढा
जुम्ला – दीपबहादुर शाही
रुकुम पश्चिम – राजु केसी
हुम्ला – जयपति रोकाया
मुगु – खड्ग शाही
कालिकोट – हर्षबहादुर बम

सुदूरपश्चिम प्रदेश
अछाम–१ – भरतकुमार स्वाँर
डोटी – भरतबहादुर खड्का
बैतडी – चतुरबहादुर चन्द
दार्चुला – धर्मानन्द जोशी
डडेलधुरा – नैनसिंह महर
कैलाली–१ – जनकराज चौधरी
कैलाली–२ – विजयबहादुर स्वार
कैलाली–३ – भीम बडुवाल
कैलाली–४ – गोरखबहादुर विष्ट
कैलाली–५ – नरनारायण शाह
कञ्चनपुर–१ – गोपीप्रसाद उपाध्याय
कञ्चनपुर–३ – हरिप्रसाद बोहरा

प्रतिक्रिया दिनुहोस्