Logo
Logo

जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ: प्रचण्ड


0
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमेली जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्ने उद्देश्यले रुकुम पूर्वबाट उम्मेदवार बनेको जानकारी दिएका छन् ।

प्रेस सेन्टर नेपाल रुकुम पूर्वले बुधबार रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले जिल्लाको इतिहास, भूगोल, संस्कृति र जातजातिका भावनालाई समेटेर विकासको ढाँचा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

दाहालले भने, ‘जनयुद्धको आधार क्षेत्रको विकासलाई नयाँ ढङ्गले गति दिने मेरो सङ्कल्प छ । यहाँका जनताको भावना बुझेर जनताको अपेक्षा अनुसार यहाँबाट उम्मेदवारी दर्ता गराएको हुँ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा मेरो प्राथमिकता रहनेछ ।’

उनले राजनीतिक मात्र नभई विकासको दृष्टिकोणबाट पनि समाजवादको बीउ रुकुम पूर्वबाट रोप्ने उद्घोष गरे । दाहालले शहीद परिवारसँग भेटघाट र स्थानीय जनसमुदायसँग अन्तरक्रिया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्