Logo
Logo

आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै ओली


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गर्ने भएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार समेत रहेका ओलीले गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरूसँग भेटघाट गर्ने भएका हुन् ।

यउनले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको जिल्ला पार्टी सचिव तुलसी कार्कीले जानकारी दिए । वडाका पदाधिकारी तथा सदस्यहरूले मतदाताको मुड, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।

कार्यकर्ताको गुनासो, पार्टीको नीति, देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका योगदान आदिका बारेमा कार्यकर्तालाई जानकारी गराउनेछन् । अध्यक्ष ओलीले आजै भदौ २४ गते आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

उक्त आन्दोलनमा गौरादह नगरपालिका, नगरपालिका १,७ र २ नं वडा कार्यालय, मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी,उपमेयर जलवर्षा राजवंसी लगायतको घरमा आगजनी गरिएको थियो ।

अध्यक्ष ओलीले हिजो र अस्ति दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरूसँग अलग अलग छलफल गरेका थिए । यस पटक हरेक वडा कमिटीहरूले अलग अलग अध्यक्षसँग भेट गर्ने व्यवस्था मिलाएका छन ।

प्रतिक्रिया दिनुहोस्