Logo
Logo

डकेन्द्रसहित तीन नेताले छोडे उज्यालो पार्टी, पहिचानवादी मोर्चा ब्यूँताउने


1.3k
Shares

काठगमाडौं । पहिचानवादी नेता एवं उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी पारित्याग गरेका छन् ।

डकेन्द्रसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् । उनीहरुले पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेकोले पार्टीमा बस्न नैतिकताले नदिएको बताएका छन् ।

यसअघि इलाममा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका थेगिम उज्यालो पार्टीको समानुपातिकको बन्दसूचीमा रहेका छन् । पार्टी परित्याग गरेका तीनै जनाले अब पुनः पहिचानवादी मोर्चालाई विस्तार गर्ने र आन्दोलनका लागि सशक्त संरचना निर्माण गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्