Logo
Logo

चुनावी रापमा बालेनः झापाका उम्मेदवार इलाममा भोट माग्दै


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह मत माग्न इलाम पुगेका छन् । उनी रास्वपाका तर्फबाट क्षेत्र नम्बर १ मा विमल गदाल र २ का लागि गोकुलबहादुर राईका लागि मत माग्न इलाम बजार पुगेका हुन् ।

झापा–५ का उम्मेदवारसमेत रहेका बालेन शाह बुधबार इलाम बजार लागेका हुन् । उनी आज त्यहाँ रहने कार्यतालिका छ ।झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार छन्।

उनी त्यहाँ लगातार चुनाव जित्दै आएका छन्। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने उनी पराजित भएका छन्।

प्रतिक्रिया दिनुहोस्