
काठमाडौं । महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाललाई नेदरल्यान्डले १४१ रनको लक्ष्य दिएको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनायो । नेदरल्यान्डका लागि कप्तान बाबेट डे लीडेले सर्वाधिक ४९ रन बनाइन्। उनले ४७ बलको सामना गरेकी थिइन् ।
त्यस्तै, नेदरल्यान्डकी ओपनर फेबे मोल्केनबोर शन्यू रनमा आउट हुँदा अर्का ओपनर हेदर सिगर्सले १३ रन जोडिन्।
नेपालकाा लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने सोमु बिष्ट, पूजा महतो र रिया शर्माले समान १–१ विकेट लिए। यो सँगै नेपाल आज पहिलो जितको खोजीमा छ ।











