
काठमाडौं । जेन्जी आन्दोलन सम्बन्धी घटना अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको थपिएको समयसीमा आज सकिँदैछ ।
भदौमा तीन महिनाको कार्यादेशसहित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगको काम नसकिएपछि यसअघि एक महिना म्याद थप गरिएको थियो । आज फेरि म्याद थप्ने तयारी भएको छ ।
आयोगले प्रतिवेदन लेखनको ८० प्रतिशत काम सकिएकाले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर दुई साता थप समय मागेको थियो ।











