
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।
गत पुस २७–३० मा भृकुटीमण्डमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित कार्यमितिको बैठक शुक्रबार पहिलोपटक आफ्नै कार्यालयमा बस्ने भएको हो ।
शुक्रबार सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले घोषणापत्र लेखन र चुनावी परिचालनलगायत विषयमा निर्णय गर्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।
साथै बैठकले निर्वाचन तयारीका लागि उपसमिति बनाउने र सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने पनि बुझिएको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्दै दायर गरेको रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरको थियो । त्यसपछि सभापति थापा सानेपाबाटै पार्टी सञ्चालनको तयारीमा जुटेका हुन् ।











