Logo
Logo

नेसनल लाइफको एमडिआरटी सम्मान तथा तालिम


126
Shares

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीको सभापतित्वमा भएको हो ।

अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२६ का नेपालभरबाट छनोट भएकालाई कम्पनीले सम्मान गरेको हो । टिओटीमा दुईजना, सिओटीमा चारजना र एमडिआरटीमा ७७ जना गरी ८३ जना अभिकर्तालाई छनोट भएका छन् । कार्यक्रममा सहभागी अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले तालिम प्रदान गरेका थिए ।

सिइओले एमडिआरटी २०२६ मा तोकिएको बिमाशुल्क संकलन गरी एमडिआरटी सिओटी र टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्तालाई विशेष सम्मान गरे । साथै, कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप बल पुग्ने गरी ल्याएको मासिक योजना ‘चेज योर एमडिआरटी’मा सफल हुने अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गरेका थिए ।

यसैगरी, सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तीनकुने शाखालाई पनि सम्मान गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्