Logo
Logo

रुबिना क्षेत्रीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पूरा गरिन् १ हजार रन


567
Shares

काठमाडौँ । नेपाली महिला क्रिकेटर रुबिना क्षेत्रीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छन् । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा ३७ रन बनाउँदै ३२ वर्षीया क्षेत्रीले यो महत्वपूर्ण उपलब्धि हासिल गरेकी हुन् ।

The current image has no alternative text. The file name is: rubina.jpg

रुबिनाले हालसम्म ८१ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै १ हजार ५ रन बनाएकी छन् । उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली महिला क्रिकेटर बनेकी हुन् । यसअघि नेपाली महिला टोलीकी कप्तान इन्दु बर्माले यो कीर्तिमान स्थापित गरेकी थिइन् ।

यसैबीच, महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन मात्र बनाउन सक्यो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

१० टोली सहभागी उक्त प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थानमा रहने टोलीहरू ‘सुपर-सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार टोलीले आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी-२० विश्वकपका लागि स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्