Logo
Logo

सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बने अभिषेक शर्मा


693
Shares

काठमाडौँ । भारतका ओपनर ब्याटर अभिषेक शर्माले टी-२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

नागपुरमा न्युजिल्यान्डविरुद्ध सोमबार भएको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा ८४ रनको इनिङ्स खेल्दै २५ वर्षीय शर्माले उक्त उपलब्धि हासिल गरेका हुन् । उनले २ हजार ८ सय ९८ बल खेलेर ५ हजार रन पूरा गरेका हुन् ।

यसअघि यो कीर्तिमान वेस्ट इन्डिजका आन्द्रे रसेलको नाममा थियो, जसले २ हजार ९ सय ४२ बलमा ५ हजार रन पूरा गरेका थिए । त्यसपछि अस्ट्रेलियाका टिम डेभिडले ३ हजार १ सय २७ बल, इङ्ग्ल्यान्डका विल ज्याक्सले ३ हजार १ सय ९६ बल तथा अस्ट्रेलियाकै ग्लेन म्याक्सवेलले ३ हजार २ सय ३९ बलमा यो उपलब्धि हासिल गरेका थिए ।

पाँच खेलको टी-२० शृङ्खलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ४८ रनले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्