
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला ३ लाख नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो । सुनको यो मूल्य हालसम्मकै कीर्तिमानी मूल्य हो ।
आज एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ६ हजार नाघेको छ । आज चाँदी ३२० रुपैयाँ बढेर प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।











