Logo
Logo

छैटौँ टाइगर कप : माल्दिभ्सलाई हराउँदै गण्डकीको सशक्त प्रदर्शन


504
Shares

पोखरा ।  एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा जारी प्रतियोगिताको पुरुषतर्फ शनिवार सम्पन्न खेलमा गण्डकीले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको हो । खेलमा गण्डकीले पहिलो सेट २५-१३, दोस्रो सेट २५-१४ र तेस्रो सेट २५-२१ ले जित निकालेको हो । 

यसअघि शुक्रवार पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) सँग ३–१ को सेटमा पराजित भएको गण्डकीका लागि यो प्रतियोगिताको पहिलो सफलता हो । उता माल्दिभ्स भने लगातार दोस्रो खेलमा पराजय भोग्न बाध्य भयो । यसअघि माल्दिभ्स त्रिभुवन आर्मी क्लबसँग ३-० को सेटमा पराजित भएको थियो ।

शनिवार नै महिलातर्फ सम्पन्न खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको छ । महिलातर्फकै अर्को खेलमा एपीएफले थाइल्यान्ड क्विन्सलाई ३-२ को सेटमा रोमाञ्चक रूपमा पराजित गर्‍यो । शनिवारको अन्तिम खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबीच प्रतिस्पर्धा जारी छ ।

प्रतिक्रिया दिनुहोस्