संक्रमित मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौँमा « Drishti News – Nepalese News Portal
Logo

संक्रमित मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौँमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ कार्तिक । । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी ल्याइएको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।
मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंँडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौंँ लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्