Logo
Logo

मेक्सिकोमा फुटबल मैदानमा सशस्त्र आक्रमण, ११ जनाको मृत्यु


693
Shares

एजेन्सी । मेक्सिकोमा फुटबल खेल भइरहेका बेला भएको सशस्त्र आक्रमणमा ११ जनाको ज्यान गएको छ। मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोस्थित एक फुटबल मैदानमा आइतबार बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा १२ जना घाइते भएका छन्।

The current image has no alternative text. The file name is: mexico.jpg

स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीका अनुसार उक्त आक्रमण सलामान्का सहर नजिकै भएको हो । सलामान्का नगरपालिकाको मेयर कार्यालयले घटनामा संलग्न आक्रमणकारीहरूको खोजीका लागि सुरक्षा अपरेसन सुरु गरिएको जनाएको छ ।

ग्वानाजुआतो मेक्सिकोको एक प्रमुख औद्योगिक केन्द्र तथा लोकप्रिय पर्यटन गन्तव्यका रूपमा चिनिन्छ । तर, पछिल्ला वर्षहरूमा बढ्दो सामूहिक हिंसाका कारण यो राज्य देशकै सबैभन्दा घातक क्षेत्रमध्ये एक बनेको छ।

यसैबीच, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनले अवलम्बन गरेको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर पछिल्लो एक दशककै सबैभन्दा न्यून स्तरमा झरेको दाबी गरेकी छन् । यद्यपि, अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्दा मेक्सिकोको हत्या दर अझै उच्च नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्