Logo
Logo

साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपालले भूटानलाई हरायो


189
Shares

काठमाडौं । साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा भूटानलाई पराजित गरेको छ।

The current image has no alternative text. The file name is: saff-1.jpg

थाइल्यान्डको बैंककस्थित हुआ मक इनडोर स्टेडियममा आज सम्पन्न खेलमा नेपालले भूटानलाई ४-१ गोलले हरायो । अब आजै हुने भारत र पाकिस्तानबीचको लिग चरणको अन्तिम खेलको नतिजाले नेपाल लिग चरणमा दोस्रो वा तेस्रो स्थानमा रहने टुंगो लाग्नेछ ।

नेपाली पुरुष टोलीले प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्कालाई २-१ गोलले हराएको थियो । दोस्रो खेलमा भारतसँग ३-३ गोलको बराबरी खेल्दा तेस्रो खेलमा पाकिस्तानसँग ४-४ गोलको बराबरीमा रोकिएको थियो। चौथो खेलमा माल्दिभ्ससँग २-१ गोलले पराजित भएको नेपालले पाँचौँ खेलमा बङ्गलादेशलाई ४-१ गोलले हराएको थियो ।

साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फको उपाधि माल्दिभ्सले जितेको छ । लिग चरणमा शीर्ष स्थान हासिल गर्दै माल्दिभ्स विजेता बनेको हो ।

यस्तै प्रतियोगिताको महिलातर्फ नेपाली टोली चौथो स्थानमा सीमित रह्यो भने महिलातर्फको उपाधि बङ्गलादेशले जितेको छ ।

दक्षिण एशियाली फुटबल महासङ्घ साफले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको

प्रतिक्रिया दिनुहोस्