काठमाडौं । सरकारले चार वटा जलविद्युत् आयोजना सञ्चालनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने अनुमति दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुतिखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेती खोला जलविद्युत् आयोजना राष्ट्रिय वन क्षेत्र प्रयोगका लागि स्वीकृत हुने निर्णय गरेको गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसाइएको थियो ।











