Logo
Logo

बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले बर्दिया–२ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । सोमबारदेखि सुदूरपश्चिमको चुनावी यात्रमा रहेका बालेनले आज बिहान राजापुरस्थित रास्वपाको निर्वाचन क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।

त्यसक्रममा बालेलने बर्दियाको प्रसिद्ध ठाकुर बाबा मन्दिरको पनि दर्शन गरेका छन् । आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि बर्दिया २ मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १७ दल र एक जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपाबाट त्यहाँ श्रीधर पोखरेल उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्