Logo
Logo

आईसीसी टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा


441
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो टी-२० वरीयतामा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिएका छन् । उनले अघिल्लो वरीयताभन्दा दुई स्थान सुधार गरेका हुन् ।

The current image has no alternative text. The file name is: dipenfra-airee.gif

टी-२० अलराउन्डर वरीयतामा नेपालका अन्य खेलाडीहरूमध्ये कुशल भुर्तेल २४औँ, रोहित पौडेल ४५औँ, गुल्सन झा ५१औँ, कुशल मल्ल ८९औँ र करण केसी ९९औँ स्थानमा छन् । यस वरीयताको शीर्ष स्थानमा जिम्बावेका सिकन्दर राजा छन् भने पाकिस्तानका सइम अयुब दोस्रो र भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा रहेका छन् ।

यस्तै, टी-२० ब्याटिङ वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी ७५औँ, रोहित पौडेल ७७औँ, आसिफ शेख ७८औँ र कुशल भुर्तेल ७९औँ स्थानमा छन् । ब्याटिङ वरीयताको शीर्ष तीन स्थानमा भारतका अभिषेक शर्मा, इङ्ग्ल्यान्डका फिल साल्ट र भारतकै तिलक वर्मा यथावत् छन् ।

टी-२० बलिङ वरीयतामा नेपालका ललित राजवंशी ७५औँ, दीपेन्द्रसिंह ऐरी ७९औँ र सन्दीप लामिछाने ८३औँ स्थानमा छन् । बलिङ वरीयताको शीर्ष स्थानमा भारतका वरुण चक्रवर्ती छन् भने दोस्रो स्थानमा अफगानिस्तानका राशिद खान र तेस्रो स्थानमा श्रीलङ्काका वानिन्दु हसरङ्गा रहेका छन् ।

समग्र टी-२० टिम वरीयतामा नेपाल १७औँ स्थानमा यथावत् छ । पछिल्लो वरीयतामा पाकिस्तान एक स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएको छ भने वेस्ट इन्डिज एक स्थान तल झरेर सातौँ स्थानमा पुगेको छ। शीर्ष तीन स्थानमा भारत, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड यथावत् छन् ।

प्रतिक्रिया दिनुहोस्