Logo
Logo

दोस्रो टी–२०: नेपालले यूएईलाई ४ विकेटले हरायाे


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।

संयुक्त अरब इमिरेट्स ९युएई० बिरुद्धको दोस्रो टी–२० खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ । जीतका लागि १ सय ८ रनको लक्ष्य पाएको नेपालले १९।३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।

ओपनिङमा आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका थिए। दोस्रो ओभरमा आउट भएका प्रदीप ऐरीले पनि ८ रनमात्र बनाउन सके। उपकप्तान ज्ञानेन्द्र मल्लले ७ र पहिलो खेलमा कीर्तिमानी अर्धशतक बनाएका सन्दीप जोरा आउट हुँदा नेपालले ४६ रनमा ५ विकेट गुमाइसकेको थियो।

अन्तिम ओभरको पहिलो बलमा पवन सर्राफ १८ रनको स्कोरमा आउट हुँदा नेपाललाई जितका लागि अझै ७ रन आवश्यक थियो। त्यसपछिका २ बलमा दीपेन्द्रले छक्का र चौका प्रहार गरी शृङखला बराबरीमा ल्याएका हुन्। दीपेन्द्रले ४१ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ४७ रन बनाए।

यc युएईका लागि सिपि रिजवानले सर्वाधिक ४४ रनको योगदान गरे । यस्तै साइमान अनवरले १४ रन र महोम्मद बुटाले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक छुन सकेनन् ।

सिरिजको निर्णायक खेल आइतबार हुनेछ । नेपालले अहिलेसम्म टी-२० सिरिज जितेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्