काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँगको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा विहिबार राति सम्पन्न खेलमा नेपालले मुम्बई-११ लाई ७ विकेटले पराजित गरेको हो ।

मुम्बई-११ ले दिएको १४३ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेलेका थिए । रोहितले अविजित ५० रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ३८ र दिपेन्द्र सिंह ऐरीले २८ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बई-११ ले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । विश्वकपको तयारीमा रहेको नेपाली टिमले अर्को अभ्यास खेल जनवरी ३१ मा सिसिआईसँग खेल्ने तालिका रहेको छ ।











