काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुनको तोलाको २० हजार ५ सयले घटेर तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४४० रुपैयाँले घटेर तोलाको ७०६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको ७५०५ रुपैयाँमा कारोबार भएको थियो ।











