Logo
Logo

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मुम्बई-११ सँग दोस्रो अभ्यास खेल खेल्दै


567
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मुम्बई-११ सँग दोस्रो अभ्यास खेल खेल्दै छ । दुई टोलीबीच खेल मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा खेल हुँदै छ । यस अघि बिहीबार सम्पन्न पहिलो अभ्यास खेल नेपालले ७ विकेटले जितेको थियो ।  

The current image has no alternative text. The file name is: cricket-11.jpg

त्यसपछि नेपालले युएई र क्यानडासँग विश्वकपको वार्मअप खेल खेल्ने भएको छ । नेपालले युएईविरुद्ध फेब्रुअरी ३ मा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्ने छ भने यो खेल साँझ सबा ५ बजेदेखि सुरु हुने छ । त्यस्तै अर्को खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका छ । यो खेल दिउसो सवा १ बजेदेखि सुरु हुने छ ।

नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुँदै छ । विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।

आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलङ्कामा हुनेछ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्