काठमाडौं । नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सु तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो ।

गत शुक्रवार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रवार सात हजार ६५ रुपैयाँ थियो ।











