काठमाडौं । पोखरा गोल्डकपको २५औँ संस्करण यस वर्ष माघ २७ गतेदेखि सुरू हुने भएको छ । प्रतियोगितामा १२ टोली सहभागिता जनाउने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ।

पोखरामा आयोजना हुने प्रतियोगितामा सहारा क्लबका साथै नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी, नेपाल एपीएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, भारतको सिक्किमस्थित थन्डरबोल्ट नर्थ युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, हङकङको गोर्खा इन्टरनेशनल क्लब, उज्बेकिस्तानको आभा फुटबल क्लब र भारतको अर्को टोली सहभागि हुनेछन् ।
प्रतियोगिता माघ २७ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । यस वर्ष पुरस्कार रकम पनि वृद्धि गरिएको छ । विजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिएका छन् ।
यस संस्करणको अर्को विशेषता भनेको प्रतियोगिता फ्लडलाइटमा पहिलो पटक आयोजना हुन लागेको हो ।











