काठमाण्डौ । राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

ललितपुरको एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले काँक्रेबिहारलाई ३–० गोलले हरायो । प्लानिङ ब्वाइजका सविन बोहरा, रोमन भुजेल र हेमन लिम्बुले गोल गरे ।
यो जीतसँगै प्लानिङ ब्वाइज ५ खेलमा १० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । लगातार ५ हार बेहोरको काँक्रेबिहानर पुछारमा छ ।
यस्तै काठमाण्डौको दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले श्रीभगवती युवा क्लबलाई ३–१ गोलले हरायो । आर्मीका नवयुग श्रेष्ठले २ र जिलेस्पीजङ्ग कार्कीले १ गोल गरे । श्रीभगवतीका अजित लामाले गोल गरे ।
यो जीतसँगै आर्मी ५ खेलमा ११ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो हार बेहोरेको श्रीभगवती ५ खेलमा ४ अङ्कसहित ११औँ स्थानमा छ ।











