Logo
Logo

अधिकांश उम्मेदवारले चुनाव जित्छौँ, नजिते प्रतिस्पर्धामा आउँछौँ : कुलमान घिसिङ


252
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले देशभर १६५ निर्वाचन क्षेत्रमध्ये १२१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले चुनाव जित्ने बताएका छन् ।

चुनावी प्रचारका क्रममा सोमबार सिमरा पुगेका अध्यक्ष घिसिङले सञ्चारकर्मीसँगको कुराकानीमा उम्मेदवार बनेका अधिकांशले चुनाव जित्ने बताएका हुन् ।

‘धेरै सीट जित्छौँ र नजितेको ठाउँमा प्रतिस्पर्धामा आउँछौँ,’ घिसिङले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन्।

अध्यक्ष घिसिङ घिसिङ काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् । सञ्चारकर्मीले झापा ५ को चुनावबारे दिएको चासोमा घिसिङले जनताले जे निर्णय गर्छन् त्यहिँ स्वीकार्ने जवाफ फर्र्र्काएका छन् ।

झापा ५ को निर्वाचनको सन्दर्भमा उनले भने, ‘हाम्रो पनि उम्मेदवारी छ। अब जनताले निर्णय गर्ने कुरा हो। जनताले जे निर्णय गर्छन् त्यही हुन्छ ।’ झापा ५ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन्द्र शाह (बालेन) चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्