Logo
Logo

समानुपातिकको बन्दसूचीबाट आयोगले ७६ जनाको नाम हटायो


819
Shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पेश गरिएको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ ।

The current image has no alternative text. The file name is: Nirbachan-Aayog.jpg

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारविरुद्ध परेका उजुरी, योग्यता परीक्षण तथा सम्बन्धित राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा नाम हटाउने निर्णय गरिएको हो ।

आयोगले दिएको विवरणअनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जनाको नाम बन्दसूचीबाट हटाइएको छ । यस्तै, प्रदेशसभा तर्फको बन्दसूचीमा नाम समावेश भइसकेका २५ जना, आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जना, २५ वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा समावेश नभएका १ जना तथा मतदाता नामावली पिछडिएको क्षेत्रबाट नपरेका २ जनाको नाम हटाइएको छ ।

यसका अतिरिक्त महिलाको कोटामा पुरुष उम्मेदवारका रूपमा पेश गरिएको १ जना, राजनीतिक दलकै अनुरोधमा नाम हटाइएका १० जना तथा अन्य कारणबाट २ जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।

यससम्बन्धी विस्तृत विवरण निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्