Logo
Logo

२१ वर्षीय युवकले पत्नीको ज्यान लिए, पछि आफैंलाई सिध्याए


945
Shares

काठमाडौं । मोरङको रंगेलीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । रंगेली–५ बहुवन निवासी २१ वर्षीय मुकेशकुमार मण्डलले गएराति ससुराली घरमा पुगेर श्रीमती अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन् ।

श्रीमतीको अत्या पश्चात उनले आफूले पनि आत्महत्या गरेका प्रहरीले जनाएको छ । मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार सोमबार बेलुका धनपट्टीस्थित ससुराली पुगेका मुकेशले मंगलबार बिहान करिब २ बजेतिर बीभत्स घटना घटाएका हुन् ।

श्रीमान–श्रीमतीबीच भएको सामान्य घरेलु विवादले उग्र रूप लिँदा मुकेशले चक्कु प्रहार गरी २१ वर्षीया अम्बिकाको हत्या गरेका प्रहरीको प्रारम्भीक अनुसनधानबाट खुलेको छ ।

चक्कुको गहिरो चोटका कारण अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो । पत्नीको मृत्यु भएलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्