काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार छापावाल सुनको तोलाको ३ हजार ७ सयले बढेर तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८६ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले बढेर तोलाको ५३३५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५ हजार २ सयमा कारोबार भएको थियो ।











