काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले दलहरूले बुझाएको विवरणको अध्ययनपछि अन्तिम नामावली प्रकाशन गरेको हो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुनेछन् ।
समानुपातिक तर्फका लागि दलहरूले गत पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए । आयोगले प्राप्त विवरणको छानबिनपछि अन्तिम सूची सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ६३ राजनीतिक दलबाट ५७ दलले समानुपातिक उम्मेदवार पेस गरेका छन् । कुल उम्मेदवारको संख्या ३ हजार १३५ पुगेको छ ।
समानुपातिक बन्दसूचीमा १,७७२ महिला र १,३६३ पुरुष उम्मेदवार रहेका छन् ।











