Logo
Logo

८ हजारको परीक्षण गर्दा २ हजारमा कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


 काठमाडौं, १२ कात्तिक ।

पछिल्लो २४ घन्टामा भएको परीक्षणमा देशभर बुधबार १९ सय ५४ नयाँ संक्रमित थपिएका छन् ।योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ ।

यो अवधिमा आठ हजार दुई सय ४८ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दसैँ परेकाले अघिल्ला दुई दिन परीक्षण निकै घटेको थियो । तर, संक्रमण दर भने उच्च रहेको छ ।
यसैगरी आज २९ सय ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ । निको हुने दर ७५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हाल सक्रिय संक्रमित भने ३९ हजार ६ सय ४३ जना छन् ।

प्रतिक्रिया दिनुहोस्