Logo
Logo

साफ यू-१९ महिला च्याम्पियनशिप: नेपाल बाहिरियो, भारत र बङ्गलादेश फाइनल प्रवेश


0
Shares

काठमाडौँ । बङ्गलादेशसँगको हारसँगै नेपाल साफ १९ वर्षमुनिको महिला च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्न असफल भएको छ।

The current image has no alternative text. The file name is: saff19.jpg

पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ४-० गोलले पराजित भयो । यस नतिजासँगै नेपालको फाइनल पुग्ने सम्भावना समाप्त भयो।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई २-१ गोलले हराएको थियो ।

अब साफ यू-१९ महिला च्याम्पियनशिपको उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । आजै भएको पहिलो खेलमा भारतले भूटानलाई ८-० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो ।

लगातार तेस्रो जितसहित अपराजित रहँदै बङ्गलादेश तालिकाको शीर्ष स्थानमा रह्यो भने भारत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । फाइनल खेल आउँदो शनिबार हुनेछ।

चार टोली सहभागी प्रतियोगितामा भूटान अङ्कविहीन हुँदै तालिकाको पुछारमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्