Logo
Logo

राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्रको जीत, श्री भगवती पराजित


252
Shares

काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत मच्छिन्द्र क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ ।

The current image has no alternative text. The file name is: machhindra.jpg

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले भगवतीलाई २-० गोलअन्तरले हरायो ।

मच्छिन्द्रको जीतमा प्रदीप बुढाथोकी र फ्रान्क एन्ज आइज्याकले एक-एक गोल गरे । यो जीतसँगै मच्छिन्द्रले ६ खेलबाट १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड मजबुत बनाएको छ । श्री भगवती भने ६ खेलमा ४ अंकसहित १५औँ स्थानमा रहेको छ ।

आजै प्रतियोगिताको दोस्रो खेलमा त्रिपुरेश्वरमै लालीगुराँस एसोसिएशन र सातदोबाटो युथ क्लबबीच खेल जारी छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ तथा एन्फा प्रेसिडेन्ट लिगका ४ गरी १७ टोली सहभागी छन् । सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन भइरहेको लिगमा कुल १३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा आयोजना भइरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्