Logo
Logo

१०औँ आईसीसी टी-२० विश्वकप भोलिदेखि सुरु


0
Shares

काठमाडौं । १०औँ संस्करणको आईसीसी टी-२० विश्वकप २०२६ भोलि शनिबारदेखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा सुरु हुँदैछ।

The current image has no alternative text. The file name is: t20.jpg

उद्घाटन खेल श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा हुने छ, जहाँ पाकिस्तान र नेदरल्यान्ड्स भिड्नेछन् (नेपाली समयअनुसार बिहान सवा ११ बजे)।

नेपालले प्रतियोगिताको सुरुवात पर्सि आइतवार मुम्बईमा इङ्ल्यान्डसँग खेल्दै गर्नेछ ।

सुरक्षा कारण देखाउँदै बङ्गलादेशको स्थानमा स्कटल्यान्ड समावेश गरिएको छ भने पाकिस्तानले भारतसँगको खेल खेल्ने छैन । प्रतियोगिता मार्च ८ सम्म चल्नेछ र फाइनल अहमदाबाद वा कोलम्बोमा हुनेछ ।

खेलहरू भारतमा एमए चिदम्बरम, अरुण जेटली, वानखेड़े, इडेन गार्डेन्स र नरेन्द्र मोदी स्टेडियम तथा श्रीलङ्कामा आर प्रेमदासा, सिंहाली स्पोर्ट्स क्लब र पल्लेकेल इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछन् ।

प्रतियोगितामा २० टोली चार समूहमा विभाजन छन् । समूह शीर्ष दुई टोली ‘सुपर–एट’ मा प्रवेश गर्नेछन् र त्यसपछि सेमिफाइनल तय हुनेछ ।

अहिलेसम्म टी–२० विश्वकपमा ६ टोलीले उपाधि जितेका छन्स् भारत, इङ्ल्यान्ड र वेस्ट इन्डिज २–२ पटक, पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया १–१ पटक विजेता बनेका छन्।

प्रतिक्रिया दिनुहोस्