Logo
Logo

भारतका बलर हर्षित राणा विश्वकपबाट बाहिरिए, मोहमद सिराज टिममा


189
Shares

काठमाडौं । भारतका तीव्र गतिका बलर हर्षित राणा टी-२० विश्वकपबाट बाहिरिएका छन् । फेब्रुअरी ४ मा नवी मुम्बईमा दक्षिण अफ्रिकाविरुद्धको अभ्यास खेलको क्रममा उनको घुँडामा चोट लागेको थियो ।

चिकित्सकसँगको परामर्श र स्क्यानपछि, भारतीय क्रिकेट कन्ट्रोल बोर्डको मेडिकल टिमले उनलाई प्रतियोगिताको लागि अयोग्य घोषित गरेपछि उनले प्रतियोगिता गुमाएका हुन् ।

बोर्डले हर्षितको ठाउँमा तेज बलर मोहम्मद सिराजलाई टोलीमा समावेश गरेको छ । सिराज ५५६ दिनपछि भारतीय टी-२० टिममा फर्किएका छन् । उनले अन्तिम पटक जुलाई ३०, २०२४ मा श्रीलंकाविरुद्ध टी-२० खेल खेलेका थिए ।

भारत र श्रीलङ्कामा खेलिने यो प्रतियोगिता आजदेखि सुरु हुँदै छ । डिफेन्डिङ च्याम्पियन भारतले आज मुम्बईको वानखेडे स्टेडियममा अमेरिकाविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । टी-२० विश्वकपको लागि भारतीय टोलीस् सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सन्जु सामसन (विकेटकिपर), इशान किशन (विकेटकिपर), तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल (उप-कप्तान), रिंकु सिंह, जसप्रीत बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, वाशिंगटन सुन्दर र मोहम्मद सिराज रहेका छन् । सिराजले भारतका लागि १६ टी-२० अन्तर्राष्ट्रिय खेलमा १४ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्