Logo
Logo

रोमाञ्चक खेलमा नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानको विजयी सुरुवात


693
Shares

कोलम्बो । आजदेखि सुरु भएको टी–२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पाकिस्तानले नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य सफलतापूर्वक पूरा गर्‍यो ।

टस जितेर पाकिस्तानले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । नेदरल्यान्ड्सको पूरै टोली १९।५ ओभरमा १४७ रनमा अलआउट भयो र पाकिस्तानलाई १४८ रनको लक्ष्य दियो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ३७ रन बनाएका थिए ।

पाकिस्तानका लागि सलमान मिर्जाले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ३ विकेट लिएका थिए । नेदरल्यान्ड्सका १० मध्ये ९ ब्याट्सम्यान क्याच आउट भएका थिए भने अबरार अहमदले कोलिन एकरम्यानलाई बोल्ड गरेर एक मात्र विकेट लिएका थिए ।

जवाफी ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । पाकिस्तानको जित सुनिश्चित गर्न फहीम अशरफ र शाहिन अफ्रिदी क्रिजमा रहेका थिए । नेदरल्यान्ड्सका बलरहरूले पाकिस्तानका महत्त्वपूर्ण विकेटहरू लिए पनि हार टार्न सकेनन् ।

लोगन भ्यान बीकले शादाब खान (८ रन)लाई विकेटकिपर स्कट एडवर्ड्सको हातबाट क्याच आउट गराएका थिए । कोलिन एकरम्यानले हसन नवाब (६ रन)लाई आउट गरे भने रोलोफ भ्यान डेर मेरवेले बाबर आजम (१५ रन)को विकेट लिएका थिए ।

पल भ्यान मीकेरेनले उस्मान खानलाई ३ रनले अर्धशतक बनाउन दिएनन् । आर्यन दत्तले सलमान आगा र सईम अयूबको विकेट झारेका थिए ।

प्रतिक्रिया दिनुहोस्