
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि आईसीसी टी-२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेर नेपालको झण्डा विश्वभर फहराउनेमा विश्वस्त रहेको उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, ‘जारी टि–२० विश्वकपमा आज हाम्रो गौरवशाली राष्ट्रिय टिमले इङ्ग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा म पूर्ण विश्वस्त छु ।’
उनले खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले हामी सबैलाई गर्व अनुभूति गराउने बताएका छन् । उनले भनेका छन्, ‘हरेक बलमा, हरेक रनमा, हरेक विकेटमा सम्पूर्ण नेपाल तपाईंहरूसँगै छ । विजयको लागि हार्दिक शुभकामना ।’
भारतमा जारी विश्वकपमा आज नेपाली तोलीले आफ्नो पहिलो खेल इङ्ग्ल्यान्डविरुद्ध खेल्दैछ ।











