
काठमाडौं । तेस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको नेपालले आफ्नो पहिलो खेलमा आज इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
मुम्बईस्थित वानखेडे मैदानमा इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपालले फास्ट बलिङमा करण केसी र नन्दन यादवलाई रोजेको छ । यस्तै स्पिन बलिङमा शेर मल्लले डेब्यू गर्दै छन् ।
एनपीएलमा गरेको उत्कृष्ट प्रदर्शन पछि उनी टिममा परेका हुन् । २३ वर्षीय मल्लले एकैपटक विश्वकपबाट राष्ट्रिय टिममा डेब्यू गर्ने अवसर पाएका छन् । उनलाई समेट्न ललित राजवंशीलाई वेञ्चमा राखिएको छ । टिममा लोकेश बमले पनि स्थान बनाएका छन् ।
प्लेइङ–११ मा को को समेटिए ?
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने ।











