Logo
Logo

टी-२० विश्वकप: रोहितले तोडे पारस खड्काको रेकर्ड


1k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका छन् ।

The current image has no alternative text. The file name is: rohit-paudel.jpg

रोहितले आईसीसी पुरुष टी-२० विश्वकपको इतिहासमा नेपालको तर्फबाट कप्तानका रूपमा सर्वाधिक खेल खेल्ने रेकर्ड आफ्नो नाममा लेखेका हुन् ।

यसअघिको कीर्तिमान नेपालका सफल पूर्व कप्तान पारस खड्काको नाममा रहेको थियो । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-२० विश्वकपमा पारसको कप्तानीमा नेपालले बंगलादेश हङकङ र अफगानिस्तान विरुद्ध कुल ३ खेल खेलेको थियो ।

अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकप २०१४ मा नेपालको नेतृत्व सम्हालेका रोहित पौडेलले समूह चरणका चार वटा खेलमा कप्तानी गरेसँगै नयाँ कीर्तिमान कायम गरेका छन् ।

उनले नेदरल्याण्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा टोलीको नेतृत्व गरेपछि विश्वकपमा उनको कप्तानी खेल संख्या ४ पुगेको छ।

यससँगै रोहित पौडेल टी-२० विश्वकपमा नेपालको तर्फबाट सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्