काठमाडौं । जारी टी-२० विश्वकपमा आज तीन खेल हुँदै छ । आज समूह ए अन्तर्गत नामिबिया र नेदरल्याण्डसबीच भारतको दिल्लीमा यो खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुँदै छ । नामिबियाले यस विश्वकप आफ्नो पहिलो खेल खेल्दै छ भने नेदरल्याण्डसले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।

त्यस्तै आजको दोस्रो खेल समूह डी अन्तर्गत न्यूजील्याण्ड र युएईबीच खेल हुँदै छ । यो खेल भारतको चेन्नईमा नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि सुरु हुँदै छ । यो युएईको यस विश्वकपको पहिलो खेल खेल्दै छ भने न्यूजील्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेर विजयी सुरुवात गरेको थियो ।
त्यसैगरी आजको तेस्रो खेल समूह ए अन्तर्गत पाकिस्तान र अमेरिकाबीच खेल हुँदै छ । श्रीलङ्काको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:१५ बजेदेखि सुरु हुँदै छ । यस प्रतियोगितामा पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्डसविरुद्ध जित हासिल गरेको थियो भने अमेरिका भारतसँगको खेलमा हार बेहोरेको थियो ।











