Logo
Logo

आइपिएलः दिल्लीको १३ औं खेलमा पनि खेल्न पाएनन् सन्दीप


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ कात्तिक ।
यूएईमा जारीमा इन्डियर प्रिमियर लिगमा आबद्ध एक्ला नेपाली क्रिकेटर हुन् सन्दीप लामिछाने । दिल्ली क्यापिटमा आबद्ध उनकै कारण दिल्ली टिमको नेपालमा समेत समर्थक छन् ।


तर, यो सिजनमा सन्दीपले एउटै पनि खेल खेल्न पाएका छैनन् । शनिबार उनले खेल्ने सम्भावना रहेको बताइएपनि उनी टिममा परेनन् ।
कमजोर बलिङका कारण नभई उनीभन्दा अनुभवी बलरहरु टिममा भएकाले उनले खेल्न नपाएका हुन् । आईपिएलमा बढीमा चार विदेशी खेलाडीलाई खेलाउन पाइन्छ । बलरका रुपमा दिल्लीमा आबद्ध दक्षिण अफ्रिकी कासिगो रबडा सबैभन्दा सफल बलरका रुपमा टिममा छन् । त्यस्तै अर्का फाष्ट बलर एन्रिच नोर्चेले पनि राम्रो बलिङ गरिरहेकाले उनी निरन्तर टिममा परेका छन् ।

अष्ट्रेलियन खेलाडी मार्काेस स्टोइनसले पनि महत्वपूर्ण भूमिका निभएका छन् । टिममा परिरहेका अर्का बिदेशी खेलाडी हुन् वेष्ट इन्डिजका सिम्रन हेटमेयर पनि राम्रो फर्ममा छन् । जसकारण सन्दीपले प्लेइङ ११ मा अवसर नपाएका हुन् । १२ खेलमा दिल्लीले ७ खेल जितेको छ, तर प्लेअफ अझै पक्का हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्