Logo
Logo

टी-२० विश्वकपमा आज तीन खेल हुँदै


504
Shares

काठमाडौँ । भारत तथा श्रीलंकामा जारी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछ । आज पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुँदैछ ।

भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार विहान ११ः १५ बजेदेखि शुरु हुनेछ । अफगानिस्तानले पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो भने दक्षिण अफ्रीकाले पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ ।

त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र आयरल्याण्डबीच हँदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३ः १५ बजेदेखि शुरु हुनेछ । जारी विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने आयरल्याण्डले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको छ ।

त्यसैगरी आज तेस्रो खेल समुह सी अन्तर्गत इङल्याण्ड र वेस्ट इण्डिजबीच खेल हुँदैछ । भारतको मुम्बईस्थित वानखेडेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः १५ बजेदेखि शुरु हुनेछ । जारी विश्वकपमा इङल्याण्डले नेपाललाई पराजित गरेको छ भने वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्